Connect with us
Kapilvast Forest

औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न दिने सरकारको तयारी

२०७८, २४ माघ सोमबारमा प्रकाशित

gaja

 

काठमाडौं -गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।

 

उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरुलाई कसरी अनुमगन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भन्नु भयो , ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजिएको हो ।’

औषधीय प्रयोजनका लागि गाँजालाई प्रयोग गर्न मिल्ने विषयमा लागूऔषध ऐनले पनि बोलेको बनाउँदै उनी भन्छन्, ‘तर विस्तृत व्यवस्था थिएन, त्यसलाई कार्यविधिमार्फत समेट्दैछौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu