Connect with us
Kapilvast Forest

स्थानीय तह निर्वाचनबारे सरकारको निर्णय संविधानसम्मत छ : महामन्त्री थापा

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

gagan

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताउनु भएको छ ।

थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको उल्लेख गर्नु भएको छ ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उहाँले लेख्नु भएको छ ‘संविधानको मर्म अनुरूप छ।’महामन्त्री थापाले निर्वाचनको मिति तोकिएसँगै निर्वाचन टार्ने गरी भएका बहससमेत सकिएको बताउनु भएको छ । साथै उहाँले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नभएको समेत सचेत गराउनु भएको छ ।

‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उहाँले उल्लेख गर्नु भएको छ । अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ(संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu