ओढारमा शव लुकाएको आरोपमा पक्राउ परेकाहरु कारागार चलान
धनगढी -बैतडीमा युवकको हत्या गरेर शव ओढारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
बैतडीको सुुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा लुुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
मंगलबार जिल्ला अदालतमा भएको थुुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए ।
गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओढारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।