Connect with us
Kapilvast Forest

दाङमा सुरु भयो फोहोरबाट ग्याँस उत्पादन

२०७८, २६ माघ बुधबारमा प्रकाशित

दाङ – दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो ।

कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा गल्ने फोहोर नै कम राखिएकाले कम ग्याँस उत्पादन भएको हो,’ ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले भन्नु भयो , ‘केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गर्छौं ।’

 

घोराही उपमहानगरपालिकाबाट दैनिक उठ्ने ९गल्ने० फोहोरबाट ग्याँस उत्पदान हुने कम्पनीले जानकारी दिएको छ । प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्‍याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार पहिलो चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनबाटै ग्याँस पुर्‍याउने भनेर सर्भे गरिएको छ । जसअनरुप फोहोरबाट उत्पादीत ग्याँस सर्रादेखि नारायणपुरसम्म पुर्‍याइने भनिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu