Connect with us
Kapilvast Forest

स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्चमा रिट दायर

२०७८, २६ माघ बुधबारमा प्रकाशित

काठमाडौं- स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । यद्यपि रिट दर्ता भएको छैन ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदनमाथि अध्ययन भइरहेको बताउनु भयो । उहाँले  भन्नु भयो , ‘निर्वाचन मितिविरुद्ध रिट प्राप्त भएको छ । दर्ता गर्ने कि नगर्ने प्रक्रियामा छौं । अध्ययन भइरहेको छ ।’सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu