Connect with us
Kapilvast Forest

अटाे चालक हत्या आरोपी युवक झापाबाट पक्राउ

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

pakrau fiture

चितवन – नवलपुरको कावासोतीमा माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियाेगमा एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्याको आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ। भुजेल घटना लगत्तै फरार थिए ।

गिरी र भुजेल घटना भएको दिन राति सँगै बसेर मदिरा पान गरेको र पछि भुजेलले नै गिरीकाे हत्या गरेको प्रहरीको दावी छ । गिरीको हत्यापछि फरार रहेका भुजेलविरुद्ध गिरीको परिवारले किटानी जाहेरी समेत दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu