कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर बैठकमा छलफल गरिने पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताउनु भयो ।