Connect with us
Kapilvast Forest

कमल थापा पार्टीमा फर्कनेमा आशावादी छु:पशुपति शमशेर राणा

२०७८, २७ माघ बिहीबारमा प्रकाशित

Pasupati-rana.gif

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति समशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताउनु भएको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय पदाधिकारी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै पूर्व अध्यक्ष समशेरले यस्तो बताउनु भएको हो । उहाँले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताउनु भयो । उहाँले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताउनु भयो ।

‘यो अनपेक्षित घटना हो। उहाँको धेरै गुनासोहरु सार्वजनिक भइसकेको थियो। तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ ।

त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ’, उहाँले भन्नु भयो , ‘अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो। तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ। उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ।’पूर्व अध्यक्ष समेशरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu