कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश
कपिलवस्तु- कपिलवस्तुका दुई प्रभावशाली नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । कपिलवस्तुको शिवराज नगरपालिकाका दुई दिग्गज नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधी युवा नेता विरेन्द्र जयसवाल (विजय) र शिवराज नगरपालिका वडा ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी काठमाडौ गई नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड) ले जयसवाल , चौधरीलाई पार्टी प्रवेश गराउनु भएको हो । पार्टीको सिद्धान्त मन परेर माओवादी केन्द्र रोजेको विरेन्द्र जयसवाल ( विजय) ले बताउनु भयो ।
गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा अनुप कुमार चौधरी स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष विजयी हुनु भएको थियो ।