शिवराज जेसिजको पदभार कार्यक्रम सम्पन्न
सनिउल्ला धोबी, कपिलवस्तु- शिवराज जेसिजको पदभार कार्यक्रम सम्पन्न भएको छ । ले नया नेतृत्व चयन गरेको छ । गत पुष १५ गते शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको थियो । गिरिको अध्यक्षता गठित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन । कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल, गणेश जिसी, सचिव रबिन पौडेल, कानूनि सल्लाहाकारमा कविराज अधिकारी,महासचिवमा वाइ.पि पौडेल,कोषाध्यक्षमा विष्णु हमाल,उपाध्यक्षमा तिलक कार्की,मनिष बन्जाडे,रुपेन्द्र आचार्य,युवराज पौडेलले पदभार ग्रहण गरेका छन ।
अधिवेशनमा वोल्दै वर्ष २०२१ का अध्यक्ष वुद्धिसागर सापकोटाले आफ्नो कार्यकालमा गरेका कामको वारेमा प्रकाश पार्नुभएको थियो । पूर्व अध्यक्ष विजय सापकोटाले युवाहरुको संस्थाले समाज परिवर्तनमा मुख्य भुमिका खेलेको भन्दै जेसिजले समाजिक काममा नेतृत्व लिने बताउनुभयो ।
शिवराज जेसिजले विभिन्न समयमा नागरिकहरुलाई परेका समस्यामा साथ दिइरहेको बताउनुभयो । त्यस्तै संस्थापक अध्यक्ष सरोज पौडेलले हरेक गतिविधिमा जेसिज सहभागि हुनुपर्ने बताउँदै हेरेक ठाउँमा युवाले नेतृत्व गर्नुपर्ने बताउनुभयो । नया नेतृत्वलाई वधाई दिदै एक वर्षे कार्यकालमा नमुना काम गर्न सुझाव दिनुभयो ।