अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल
काठमाडौं-सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको र सो माहाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बराल रहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक-एक जना उच्च अधिकारीहरु छन् ।
राजस्व अनुसन्धानबाट कार्यदलमा उपमहानिर्देशक टंकप्रसाद पाण्डेय तोकिएका छन् भने नेपाल दूरसञ्चार प्रधिकरणका इन्जिनियर एवम् निर्देशक विजयकुमार रोयसदस्य छन् ।