Connect with us
Kapilvast Forest

एमसीसी संसद्‌मा प्रस्तुत गर्ने प्रस्तावमा प्रचण्ड र माधवकुमार नेपाल असहमत’

२०७८, २९ माघ शनिबारमा प्रकाशित

काठमाडौं-अमेरिकी अनुदान सहायता एमसीसी सम्झौताबारे संसद्मा छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताले अस्वीकार गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा छलफलमा लैजान प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको नेकपा माओवादी अध्यक्षका स्वकीय सचिव रमेश मल्लले बताए।

मल्लले भने: “प्रधानमन्त्रीले एमसीसी संसद्मा प्रस्तुत गरौँ, त्यहीँ यसबारे लोकतान्त्रिक छलफल हुन्छ। दलहरूले आफ्ना धारणा राख्न पाउँछन् भन्नुभयो।”

“तर अरू नेताहरूले अहिले हतार नगरौँ। गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसद्मा लगेर मात्रै अर्थ छैन भन्ने कुरा राख्नुभयो।”प्रधानमन्त्रीको सचिवालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu