Connect with us
Kapilvast Forest

शिवराजमा वडा अध्यक्ष चौधरीसहित सयौं कार्यकर्ता काग्रेसमा प्रवेस

२०७८, २९ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरी नेपाली काग्रेसमा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रमका विच वडा अध्यक्ष चौधरी सहित वडामा निर्वाचित तीन सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्यहरु जसराम अहिर,प्रभु थारु,चिन्का पासी सहित विभिन्न पार्टी परित्याग गरि ४०० जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिवराज नगरसमितिले जनाएको छ । गत माघ २२ गते शनिबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताव शाह सहित करिव ४ हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए ।

नव प्रवेशिलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । शभापति पुनले वडा अध्यक्ष थारुको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गर्नुभएको छ । पुनले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा वडा अध्यक्ष थारुलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , जिल्ला सभापति अव्दुल कलाम, अर्घाखाचीं पुर्व सभापती तथा लुम्बिनी प्रदेश सहमहामन्त्री विस्नु मुस्कान, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्यहरु इश्वरी पाण्डेय,केशव पाण्डेय, युवा नेता अजय थापा,कमल केसि लगाएतका नेताहरुले सुभकामना व्यक्त गरेका छन ।

थारुले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । वडाका विकासमा समेत थप टेवा पुग्ने अध्यक्ष थारुले बताउनु भयो । कार्यक्रम नेपाली काग्रेस नगरसमितीको आयोजनामा सम्पन्न भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu