Connect with us
Kapilvast Forest

बढ्यो नेपाल टेलिकमको नाफा

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

ntc

 

 

काठमाडौं -नेपाल टेलिकमले चालू आवको दोस्रो त्रैमासमा नाफा बढाएको छ । शनिवार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिसम्ममा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको उक्त कम्पनीले चालु आवको सोही अवधिसम्ममा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले (१८ दशमलव ४९ प्रतिशत)ले वृद्धि भएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ कमाएको छ ।

गत आवको सो अवधिको तुलनामा चालू आवको सो अवधिमा आर्थिक स्वास्थ्य सकारात्मक हुनुको कारणमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको कम्पनीले बताएको छ ।

 

कम्पनीले टु जी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत ती सेवाहरुको पहुँच विस्तार हुँदा ग्राहक आधार वृद्धि भएको तथा एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षण वृद्धि भएको पनि बताएको छ ।

कम्पनीले मुलुक तथा विश्वव्यापी रुपमा कोभिडविरुद्धको खोप कार्यक्रम पश्चात महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालू आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको पनि बताएको छ ।

 

गत आवको द्वितीय त्रैमासिक अवधिमासम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्ममा रु. १ अर्ब ४८ करोड २३ लाख ३ हजार अर्थात् ८ दशमलव ३६ प्रतिशतले वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ ।

यसैगरी गत आवको द्वितीय त्रैमासिक अवधिसम्मको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँ अर्थात् ६ दशमलव ८७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

गत आवको सो अवधिमा मात्र कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेको उक्त कम्पनीको चालू आवको सोही अवधिको मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार अर्थात् ३ दशमलव ७७ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २६ दशमलव ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६२३ दशमलव ८९ रुपैयाँ रहेको छ। चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको उक्त कम्पनीले जगेडा कोषमा ७८ अर्ब ५८ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu