Connect with us
Kapilvast Forest

दुर्गाप्रसादलाई आज क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – विना सुनुवाइ भारतीय जेलमा ४० वर्ष बसेका दुर्गाप्रसाद तिम्सिनाले आइतबार क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँ पाउने भएका छन् ।

क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल झापा आएका छन् । काँकडभिट्टाको मेची भन्सार कार्यालयमा अपराह्न एक अनौपचारिक कार्यक्रम गरी तिम्सिनाको परिवारलाई रकम हस्तान्तरण गरिने पौडेलले बताउनु भयो ।

 

भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् ६ साताभित्र दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन भनेको थियो ।

तर रकम प्राप्त हुन अदालतले तोकेभन्दा बढी समय लागेको पौडेलले बताउनु भयो । ‘धेरै पटक ताकेता गरेपछि शुक्रबार रकम प्राप्त भयो, यता अरु पनि कार्यक्रम भएकाले आफैं आएर हस्तान्तरण गर्न लागेको हुँ’ उहाँले भन्नु भयो ।

 

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे जानु भएको थियो । त्यहाँबाट आएको पैसा लिएर उहाँ काम खोज्दै दार्जिलिङ पुग्नु भएको थियो । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उहाँ पक्राउ पर्नु भएको थियो ।

आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उहाँ कोलकाताको दमदम कारागारबाट रिहा हुनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu