Connect with us
Kapilvast Forest

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

  काठमाडौं– शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।

आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।

आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेलुका पौने ५ बजे खेल्दैछन् । एपीएफ नाै खेलमा १० अङ्कसहित नवौँ स्थानमा छ भने सङ्कटा उति नै खेलमा १४ अङ्कसहित छैटौँ स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu