Connect with us
Kapilvast Forest

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

२०७८, १ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन परेको थियो । जसमा योग्य आवेदक २५ लाख ८७ हजार ४१२ जनालाई गोलाप्रथामा सहभागी गराएर आईपीओ बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

 

लघुवित्तले ५ लाख २२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरु, पाँच प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट लगानीकर्ताबाट आवेदन माग गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu