भोलि एमसिसी टेबल हुन्छ:प्रधानमन्त्री देउवा
काठमाडौं-प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने बताउनु भएको छ ।
मंगलबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताउनु भयो ।
‘सभामुखसँग मैले आज परामर्श गरेको छु। उहाँसँगको परामर्शपछि भोलिको संसद बैठकमा एमसिसी टेबल हुन्छ भन्नेमा विश्वस्त छु,’ संसदीय दलका नेता देउवालाई उद्धृत गर्दै सांसद गगन थापाले भन्नु भयो ।