Connect with us
Kapilvast Forest

कपिलवस्तुको लालपुरमा कमसल इट्टा प्रयोग

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुर स्थित मदरसा अहले सुन्नत गौसुल उलुममा निर्माण हुना थागेको शौचालयमा कमसल समाग्री प्रयोग गरेको पाइएको छ ।

वडाद्वारा बिनियोजित रकम रु २ लाखको लागतमा निर्माण हुना थालेको शौचालयमा कमसल ईट्टा प्रयोग गरेको स्थानीयले आरोप लगाएका छन ।
मदरसा अहले सुन्नत गौसुल उलुममा कमसल समाग्री प्रयोग गरेको थाहा पाएपछि स्थानीयहरु अनुगमन समेत गरेका छन ।

अनुगमनका क्रममा कमसल इट्टा प्रयोग गरेको पाइएको जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ मोह्हमद गद्दीले बताउनु भयो ।

निर्माणाधीन शौचालयको उपभोक्ता समितिले लापरवाही गरेको राकेश रायमाझीले बताउनु भयो । अनुगमन गरि कमस्ल ईटाको प्रयोग नगर्न अनुरोध गरेको रायमाझीले बताउनु भयो ।

यता वडा मन्जु मिश्राले शौचालयमा कमसल इट्टा प्रयोग गरेको थाहा पाएपछि अनुगमन गरि राम्रो नयाँ प्रयोग अनुरोध गरेको बताउनु भयो । उपभोक्ता समितिलाई कमसल इट्टा प्रयोग नगर्न अनुरोध गरेको बताउनु भयो ।

शौचालय निर्माण उपभोक्ता समितीका अध्यक्ष अजिज मनिहारले इट्ट परिवर्तन गर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu