जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं- हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।३ फागुनमा बसेको आयोगको निर्णयअनुसार जनता प्रगतिशील पार्टी दर्ता भएको हो ।
दल दर्ताको प्रमाणपत्र अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार बुझ्नु भएको छ । आयोगमा पार्टीको दर्ता नम्बर १७९ रहेको छ ।पार्टीको कार्यालय काठमाडौं महानगरपालिका(१० मा राखिएको छ ।