Connect with us
Kapilvast Forest

जनचाहना अनुरुप एमाले अगाडी बढछ्: नेता घिमिरे

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु -नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका सह–इन्चार्ज विमला घिमिरेले एम.सि.सि.का विषयमा बोल्दै पार्टीले जनचाहना अनुरुप निर्णय लिने धारणा राख्नु भएको छ । नेकपा (एमाले) कपिलवस्तुको दोस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी घिमिरेले पार्टी कार्यकर्तालाई जनताको पक्षमा काम गर्न आग्रह गर्नु भयो ।

वैठकमा (एमाले) केन्द्रिय सदस्य एवम् कपिलवस्तु ईन्चार्ज बलराम अधिकारीले जिल्लामा पार्टी प्रवेशको लहर चलेको बताउदै कार्यकर्तालाई विधि, प्रक्रियाबाट उचित जिम्मेवारी प्रदान गर्ने बताउनु भयो । त्यस्तै (एमाले) केन्द्रिय सदस्य श्सिल कुमार श्रीवास्तवले कपिलवस्तु जिल्लामा एमाले प्रतिम धेशी समुदायको भरोसा बढर्दै गएको धारणा राख्नु भयो । वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथीले पार्टीका सवै क्रियाकलाप निर्वाचन केन्द्रित गर्न आग्रह गर्दै पार्टीलाई पहिलो शक्ति बनाउन स्थानिय स्तरमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै वैठकमा एमाले केन्द्रिय सल्लाहकार ईन्द्रमणी पौडेल, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् एमाले कपिलवस्तुका निवर्तमान अध्यक्ष झविलाल पोख्रेलले मन्तब्य राख्नु भएको थियो । वैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला अध्यक्ष डम्मर शर्मले सबै कार्यकर्तालाई उचिव जिम्मेवारी प्रदान गर्दै अगाडी बढने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा वैठकमा प्रस्तुत सचिवालय, भूगोल, विभाग र फाँटहरुको जिम्मेवारी वाडफाड सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
वैठकले ३५ सदस्यि सचिवालय गठन गर्नुका साथै १५ वटा विभाग र २४ जनसंगठनको जिम्मेवारी वाडफाड गरेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो

वैठकले प्रतिनिधी सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. १ को संयोजकमा विश्राम प्रसाद थारु, २ को संयोजकमा शुसिला दरलामी र ३ को संयोजकमा सिवि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी प्रदेश नं. १को (१) संयोजकमा भेषराज पाण्डे १ को(२) मा विष्णु गौतम, २ को १ मा कृष्ण भट्टराई, २ को २ मा किरण देवकोटा ३ को १ मा अर्जुन केसी ३को २ मा गोपाल थापालाई संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै सोही वैठकले वाणगंगा नगरपालिकाको इन्चार्जमा शंकर पाण्डे, बुद्धभूमि नगरपालिकाको इन्चार्जमा मिनराज बेल्बासे, शिवराज नगरपालिकाको इन्चार्जमा अर्जुन केसी, कृष्णनगर नगरपालिकाको इन्चार्जमा शिव प्रसाद जैसवाल, कपिलवस्तु नगरपालिकाको इन्चार्जमा सरिता आचार्य, महाराजगञ्ज नगरपालिकाको इन्चार्जमा अब्दुल माबुल, विजयनगर गाउँपालिका इन्चार्जमा गोपाल थापा, यशोधरा गाउँपालिका इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँपालिका इन्चार्जमा तिरथ पासी, शुद्धोधन गाउँपालिका इन्चार्जमा.बिनोद चौधरी रहनु भएको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो ।

एमाले जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न वैठकमा एमाले नेताहरु साधुराम खनाल, कृष्ण पौडेल, शान्तिदेवी चमार, जंजिर प्रसाद थारु, प्रभादेवी पौडेल, टेकराज पौडेल, द्रोणराज सुवेदी, सफर अलिमिया, आजाद अहमद दर्जी, शारदा शर्मा, विष्णु भण्डारी, नेत्रराज अधिकारी, घरभरन यादव, सूर्य कुमारी शाही, बाबुराम आचार्य, धर्मराज भुसाल, चक्रपाणी अर्याल लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu