Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि बन्दको प्रभाव

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

 

कपिलवस्तु -विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव आशिंक रुपमा पर्दै आएको छ । जिल्लाको चन्द्रौटा कृष्णनगर, बहादुरगञ्ज, विजयनगर , महाराजगञ्ज ,जस्ता बजारमा बन्दको सामान्य प्रभाव परेको छ । पुर्णरुपमा पसलहरु सञ्चालन नआए पनि यि क्षेत्रमा फयाट्फुट् पसल खुलेका छन भने साना सवारी साधन सञ्चालनमा छन् ।

बन्दको प्रभाव सदरमुकाम तौलिहवा , इमिलिया, गोरुसिंगे, बनगाई, बोडगाउँमालगायतका बजारमा पनि परेको छ प्रभाव परेको देखिन्छ ।

उता कपिलवस्तुको प्रमुख बजार चारनम्बरमा बन्दको प्रभाव सामान्य जस्तो छ ।
बन्दको प्रभाव शैक्षिक संघ संस्थामा पनि परेको छ । जिल्लाका अधिकांश शैक्षिक संस्था बन्द छन् । विप्लवको गृहजिल्लाको रुपमा रहेको कपिलवस्तुमा बन्द शान्तिपूर्ण रुपमा हुँदै आएको विगतको नजिर छ ।

आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा बन्द आह्वान गरेका हुन् ।

बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको छ । प्रहरीकाअनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।
यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu