फागुन ६ सम्म प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं-प्रतिनिधिसभाको आजको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।
एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।