Connect with us
Kapilvast Forest

यातायात व्यवस्था सेवा कार्यालय कपिलवस्तुमा 

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

 

तौलिहवा- कपिलवस्तुको सदरमुकाम तौलिहवामा एक कार्यक्रमका बीच यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरिएको छ । सेवा कार्यालयको उद्घाटन लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगामगरले संयूक्त रुपमा गर्नुभएको हो ।

सो अवसरमा बोल्दै मन्त्री यादवले धर्मिक एवम् पुरातत्वीक रुपमा भरी पूर्ण रहेको कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कपिलवस्तुमा संग्रहालयको व्यवस्थापन गरेर यहा रहेका धरोहर, सांस्कृतिलाई व्यवस्थापन गरेर सांस्कतिक राजधनी बनाउने अठोट प्रदेश सरकारले लिएको छ ।”

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा बनाउन सफल भएको उहाँले बताउनुभयो । सेवा कार्यालयको लागि आवश्यक पर्ने जनशक्ति, जग्गाको व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो “कपिलवस्तुको विकासका लागि छोटो समयमा शिक्षा स्वास्थ्य, भौतिक पूर्वधारलगायतको क्षेत्रमा उल्लेखनिय विकास गरेका छौ ।”

कार्यक्रममा बोल्दै मन्त्री ढेगामगरले सेवाग्राहीलाई सहजताको लागि सो सेवा कार्यालयको स्थापना गरिएको बताउनुभयो । आगामी दिनमा यस सेवा कार्यालयलाई विस्तार गर्दै चालक अनुमतिपत्र वितरण र नवीकरण समेतको सेवा विस्तार गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ । “संघियताको मर्मलाई बुझेर उक्त सेवा कार्यालयको शुभारम्भ गरिएको छ,” उहाँको भनाइ छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री धर्म बहादुरलाल श्रीवास्तवले जिल्लाको विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यालयले सुशासनमा जोड दिँदै कार्यालयको काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

यस सेवाका कार्यालयबाट विल बुक नविकरण, रुट प्रामिट, सवारी जाँच पास, पटके सेवा (अस्थाई रुट ईजाजत) लगायतको सेवा दिइने कार्यलयका प्रमुख राजन केसीले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu