कपिलवस्तु जेसिजद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
कपिलवस्तु-कपिलवस्तु जेसिज बर्ष-२०२२ ले आज फाल्गुन ५ गते बिहिवार सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत बाणगङ्गा-३ भक्तौली स्थित श्री गौरी भवानी मावी भक्तौलिमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको छ।
श्री गौरी भवानी माविमा भएको उक्त कार्यक्रम मा स्वास्थ्य सामाग्री कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेल कार्यकारिणी उपाध्यक्ष जेसि अमृत घिमिरे प्रबिन पौडेल लगायतको उपस्थितिमा हस्तान्तरण कार्यक्रमको संयोजक कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलको संयोजकत्वमा कार्यक्रमको अध्यक्षता कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रम संचालन कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तब्य जेसि अमृत घिमिरेले गर्नुभएको थियो कार्यक्रम मन्तब्य कपिलवस्तु जेसिजका सदस्य जेसि प्रबिन पौडेल ज्युले मन्तब्य राख्दै कार्यक्रम सफल रहोस र आगामी दिनमा पनि जेसिजले सामाजिक छेत्रमा उल्लेख कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो।
त्यस्तै कार्यक्रममा बिधालयका तर्फबाट धन्यवाद मन्तव्य बिधालय प्रधानाध्यापक गोपाल चौधरी र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लालकुमार महत छेत्री ले राख्दै कपिलवस्तु जेसिजले सामाजिक छेत्रमा काम गर्दै गर्दा बिधालयलाई रोजेकोमा धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा माक्स सेनिटाइजर र ग्लब्स जस्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बिद्यार्थी शिक्षक लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।