Connect with us
Kapilvast Forest

धौलागिरी लघुवित्तले आइपीओ ल्याउने

२०७८, ५ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं -धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यसले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता फागुन ४ गते बुधबार सम्पन्न भएको छ ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो ।

प्रधान कार्यालय बागलुङ जिल्लाको बागलुङ नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फागुन १ देखि वित्तीय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu