Connect with us
Kapilvast Forest

चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौँ– काठमाडौँको बुढानीलकण्ठमा विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमति डेरा गरी बस्ने १९ वर्षीय निमा लामालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

विद्यालय हातामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको लामाले बुढानीलकण्ठ नगरपालिका–३ घर भई बुढानीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड रेशमबहादुर नेपालीमाथि चक्कु प्रहार गरेका थिए ।

नेपालीको तिघ्रा, पेट, ढाडलगायत शरीरका भागमा चक्कु प्रहार भएको छ । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj