Connect with us
Kapilvast Forest

राप्रपामै रहने प्रवासी नेपाली एकता समाजको निर्णय

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

raparpa_rajina

 

 काठमाडौं-facebook sharing buttonराप्रपाबाट कमल थापा बाहिरिएपछि प्रवासी नेपाली एकता समाजको बैठक बसेर मूल प्रवाहमै रहने निर्णय भएको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रतिवद्धता विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियान औपचारिक रुपमा राप्रपामा समायोजन भएकाले प्रवासी नेपाली एकता समाजको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समितिहरुमा उक्त अभियानलाई समाहित गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu