Connect with us
Kapilvast Forest

एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गछौँः प्रचण्ड

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

 

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने बताउनु भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताउनु भयो ।

विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उहाँले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्नु भएको छ । साथै, प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गर्नु भएको छ ।

यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेख्नु भएको छ , ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu