Connect with us
Kapilvast Forest

आईसीसी टी–ट्वान्टी विश्वकपको लागि नेपाल र क्यानडा भिड्दै

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटको तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल इमारात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ। नेपाल र क्यानडाबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ। नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो।

नेपालले २ खेलमा ४ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा रहेको छ। २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ।

क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ। तर, नेपाल क्यानाडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानाडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानाडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। यस्तै फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu