Connect with us
Kapilvast Forest

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढ्यो

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

pertole

 

 

काठमाडौं – पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३१ रुपैयाँ बढेकोछ ।अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ ।

त्यसको असर आम उपभोक्तामा पर्न गएकोछ । निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेकोछ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेकोछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले बताउँदै आएकोछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu