Connect with us
Kapilvast Forest

सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरण : अभियुक्तलाई जन्मकैदको फैसला

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

सेनाको कुटाइबाट मृत्यु भएका राजकुमार चेपाङ

काठमाडौं-उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।

 

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu