एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं-सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक-फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ।बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल हुनेछन्।
बैठक बिजुलीबजारमा दिउँसो १ बजे बस्ने भएको छ।नेकपा (एकीकृत समाजवादी) को शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको थियो।