Connect with us
Kapilvast Forest

नगरस्तीय पाचौ मेयर कप क्रिकटे प्रतियोगीता सुरु

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु नगरपालिकाद्धारा आयोजित नगर स्तीय पाचौ मेयर कप क्रिकेट प्रतियोगीता तौलिहवा स्थित बुद्धपदम उमाबिको खेल मैदानमा सोमवार देखि सुरु भएको छ । मेयर किरण सिंहले ब्याटीङ र उप मेयर लक्षी साउ गुप्ताले बलिङ गरी प्रतियोगीताको सुभारम्भ गरिएको हो ।

ब्यानर पढेर खेलको बिधिवत उदघाटन गर्दै मेयर सिंहले आफनो साढे ४ बर्ष बढीको बितेको कार्यकालमा नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेल र खेलाडीको विकासकालागि नगरपालिकलो सक्दो लगानी गरेको उनले दाबी गरे ।

उनले क्रिकेट खेलले जिल्ला कै नाम राख्दै आएको भन्दै अनुशासित भएर खेलाडीहरुलार्इृ खेल खेल्न आग्ह गरे । सो अवसरमा उप मेयर गुप्ताले खलकुद क्षेत्रकालागि तिनै तहको सरकारबाट थप लगानी आवश्यक रहेको बताईन । उनले आफुले पनि खेल क्षेत्रको विकासलागि पहल गरेको बताईन ।

कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष तथा क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले हरेक बर्ष नगरपालिकाले मेयर कप गरेर खेलाडीको प्रोत्साहन बढाएको बताए । उनले प्रत्येक पालिकामा क्रिकेट खेललाई प्राथमिकतामा राख्नु् पर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल लगायत वडाध्यक्षहरुको सहभागीता थियो । प्रतियोगीताको बिजेतलाई कप सहीत नगद ५० हजार र उप बिजेतलाई ३० हजार पुरस्कार दिईने नगरपालिकाका बरिष्ठ समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले बताए । प्रतियोगीता फागुन १४ गते सम्म चल्नेछ ।

सोमवार संपन्न उदघाटन खेल वडा नम्बर १२ ले ३ विकेटले जितको छ । टस हारेर फिल्डीङ राजेको वडा नम्बर १२ ले वडा नम्बर ४ लाई हराउदै खेल जितेको हो । टस हारेर वडा नम्बर ४ लाई ब्याटीङको निम्तो दिएकोमा वडा नम्बर ४ निर्धारित १६ ओभरमा ९२ रन बनाउदै अल आउट भयो । वडा नम्बर १२ ले १५ ओभर ५ बलमा ७ बिकेटकाको क्षतिमा ल्क्ष्य पार गरी खेल जितेको हो । वडा नम्बर १२ का घनश्याम गुप्ता म्यान अफ दि म्याच घोषत भए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu