Connect with us
Kapilvast Forest

भित्री वस्त्रमा लुकाएर एक किलो सुन ल्याएपछि…

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

 

काठमाडौं- हिमालय एयलाइन्सको उडान नम्बर एच९५६६ बाट सोमबार बंगलादेशी नागरिक मोहमद तोफिक उल्लाह काठमाडौं ओर्लिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल गेटमा खटिएका प्रहरीलाई उनको हिँडाइ अस्वभाविक लाग्यो । तर विमानस्थलमा मेटल डिटेक्टरको जाँचमा कुनै कैफियत देखिएन ।

 

‘शंका लागेपछि फेरि सोधपुछ गरेर खनतलासी लिँदा उनले लगाएको भित्री वस्त्रमा बेलना आकारको अर्धठोस सुन लुकाएको भेटियो’ विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी हिमालयकुमार श्रेष्ठ भन्छन्, ‘९३६ ग्राम सुन बरामद भएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं ।’

सोधपुछका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहको नाम खुलाएपछि उनलाई पनि पक्राउ गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौरचमा बुझाइएको एसपी श्रेष्ठले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu