Connect with us
Kapilvast Forest

ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौँ-पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक ‘मेधावी योगदान’ प्राप्त गर्नु भएको छ ।

 

विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

 

नेपाल स्काउटका अनुसार ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली समेत हुनुन्छ । प्रधानमन्त्रीकै रुपमा ओलीले बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम नै सुरुआत गर्नु भएको थियो ।नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu