Connect with us
Kapilvast Forest

नेपाल बारको निर्वाचन चैत १९ गते : तालिका सार्वजनिक

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं-आउँदो चैत १९ गते हुने नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको चुनावका लागि तालिका सार्वजनिक भएको छ । चैत १९ गते देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुनेछ ।

तालिका अनुसार, आउँदो २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । यस्तै, बारले आज दिउँसो ४ बजे मतदाता नामावली प्रकाशित गर्दैछ ।

आउँदो शुक्रवार मतदाता नामावलीमा दाबी विरोध गरी २० गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने बारले जनाएको छ । यस्तै, आउँदो २३ गते उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ ।

बारको अध्यक्ष पदको उम्मेदवारीका लागि ५० हजार रुपैयाँ, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका  लागि ३५ हजार तथा सदस्यका लागि २५ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

नेपाल बारको अहिलेको कार्यसमितिको कार्यकाल सकिन लागेकाले नयाँ नेतृत्व चयन गर्न चुनाव हुन लागेको हो ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu