Connect with us
Kapilvast Forest

महोत्तरी काँग्रेस : क्षेत्र नम्बर ३ को सभापतिमा राघवेन्द्र झा निर्वाचित

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

महोत्तरी-महोत्तरी काँग्रेस क्षेत्र नम्बर ३ को सभापतिमा राघेन्द्र झा निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्वाचनमा उनी ३०९ मत ल्याएर सभापतिमा निर्वाचित हुनु भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी लवराजा सिंहले २१६ मत ल्याउनु भएको छ । सचिवमा रुद्रकिशोर कुमर र दिलीपकुमार चौधरी निर्वाचित भएका छन् । कुमर र चौधरीले क्रमशः ३०१ र २९३ मत प्राप्त गर्नु भएको । सहसचिवमा भरतप्रसाद पाण्डेय, विनयकुमार मण्डल निर्वाचित हुनु भएको छ उहाँहरुले क्रमशः २९३ र ३०१ नै प्राप्त गर्नु भएको छ ।

 

त्यस्तै महिला सदस्य क (१)मा जयमुखी देवी २८२ मत, महिला सदस्य ख९१० मा पुनमदेवी ठाकुर २९४ मत, सदस्यहरुमा सत्रुधन शर्मा २८२ मत, रामबाबु यादव २७९ मत, सुरेशप्रसाद यादव ३०२ मत, दिलिपकुमार साह ३१८ मत, महिला सदस्य प्रत्यक्ष तर्फमा अनिताकुमारी ३०३ मत, हेमनाथप्रसाद सिंह, जयचन्द्र झा, श्रीनारायण ठाकुर, प्रेम ठाकुर, ललन चौधरी, सरिफ नदाफ, वकिल अहमद, चन्दर महरा र हिरादेवी मण्डल निर्वाचिन हुनु भएको हो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा राघवेन्द्र झा पक्षका उम्मेदवारहरुको प्यानल नै निर्वाचित भएको छ । केन्द्रीय प्रतिनिधिमा मधेशी पुरुषतर्फ दीपककुमार मिश्र, श्रीचन्द्र महासेठ र रामतेज मिश्र विजयी हुनु भएको छ । त्यसैगरी महिलातर्फ अनितादेवी शर्मा, रश्मी ठाकुर, शकुन्तला देवी र जानकी देवी विजयी हुनु भएको हो ।

प्रत्यक्षतर्फ रामचन्द्र तिवारी, नरेन्द्रप्रसाद मिश्र, ईश्वरनारायण पाण्डे, गरिबदास ठाकुर, पवन साह, विजयकुमार यादव निर्वाचित भएका छन् । जनजातीतर्फ वैजनाथ मण्डल, दलित महिलातर्फ श्रृजनादेवी माझी, दलित पुरुषतर्फ रौदी पासवान, मुस्लिम पुरुषतर्फ रौदी पासवान विजयी भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu