बालुवाटारको वार्ता सकियो ,पत्रकारलाई प्रवेश गर्न दिईएन
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुबीचको वार्ता सकिएको छ ।करिब दुई घण्टा लामो वार्तापछि एमाले नेताहरु बालुवाटारबाट बाहिरिनु भएको छ ।
भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो ।
हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।
अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल वार्तामा सहभागी हुनुन्थ्यो ।पत्रकारलाई बालुवाटारभित्र प्रवेश नदिइएकाले नेताहरु प्रतिक्रिया नदिई बाहिरिनु भएको छ ।