Connect with us
Kapilvast Forest

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल-भारत सचिवस्तरीय बैठक सुरू

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौं – ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।

 

बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।

 

 

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी थिए भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी थिइन् ।

 

आजबाट सुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको ऊर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । आजबाट सुरु भएको बैठक भोलि (शुक्रवार) सम्म चल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu