कालिकाद्धारा संचालित आधारभुत स्वास्थ्य परियोजनाको अनुगमन
कपिलवस्तु-फेयरमेड फाउडेशनको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा संचालित आधारभुत स्वास्थ्य परियोजनाको अनुगमन गरिएको छ । जिल्ला सवन्वय समितिका प्रमुख नारायण खनालको नेतुत्त्वमा रहेको जिल्लास्तरीय अनुगमन टोलीले बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी र शिवराज नगरपालिका वडा नम्बर १० को शिवगढीको चमरबुझियामा संचालित कार्यक्रमको अनुगन गरिएको हो ।
मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेले स्वास्थ्य चौकीमा संचालन गरिएको सो परियोजनाको प्रगतिका बिषयमा जानकारी गराएका थिए । परियोजना अन्र्गत कुष्ठ रोगीकालागि उपचार गर्न हेरचार कर्नर र क्लिनिक संचालन गरिएका छन । यस्तै सो परियोजना अन्र्गत शिक्षक, जनप्रतिनिधि, महिला स्वयमसेविकालाई सचेतनामुलक तालिम संचालन समेत गरिएको छ । परियोजना अन्र्गत हेरचार समुहलाई तालिम, २ वटा आपांग मैत्री संरचना निर्माण, मास्क र सेनिटाईजर बितरण , जनचेतना लगायतका कार्यक्रम गरिएका छन । सो अवसरमा वडाध्यक्ष गुणनिधि भुसालले कुष्टरोगीको खोजपडताल र उपचारकालागि परियोजना मार्फत कालिक संस्थाले सहयोग गरेर राम्रो काम गरेको बताए ।
उनले अझै पनि थुप्रै कुष्टरोगीहरु लुकेर बसेकोले त्यस्ता रोगीको खोजपडतालकालागि अझ मिहीनेतकासाथ काम गर्नु पर्ने बताए । सो अवसरमा परियोजनाकी सामाजिक कार्यकर्ता यमुना पन्थीले आफु एक्लो कर्मचारीले ४ वटा स्वास्थय चौकीमा गएर काम नर्ग गाह्रो परेको बताईन ।
उनलेकुष्ठ रोगीको खोजपडातल गर्न गाह्रो परेको बताईन । चमरबुझियामा कुष्ठरोगबाट प्रभावितहरुको सहभागीतमा बिभिन्न ४ वटा हेरचार समुह गठन गरिएका छन । समुह अन्र्गत चमरबुझिया स्वास्थ्य हेरचार समुहसंग अनुगमन टोलीले अन्तरक्रिया गरेको थियो । समुहका सदस्यहरुले हेरचार समुह गठन गरी तालिम दिए पछि कुष्ठ रोगका बिषयमा सचेत बन्दै गएको बताएका थिए । शिवगढीको चरमबुझिया क्षेत्र कुष्रठोकगो पाकेट क्षेत्र भएकोमा अहिले भने बिस्तारै कुष्ठ रोगीहरु खुल्न थालेका र स्वास्थ्य संस्थामा उपचार गराउन आउने गरेको समुहका सदस्यहरुले बताएका थिए ।
यस्तै सो समुहले बचत संकलन गरी आयआर्जनकालागि समुहका सदस्यलाई रिन समेत प्रवाह गर्दै आएको छ । सो समुहबाट रिन लिएका चैतुराम थारुले १० कठ्ठा लागएको तरकारी खेतीबाट बार्षिक एक लाख बढी आम्दानी गर्दै आएको बताएका छन । अनुमगन समितिले चैतुरामको तरकारी खेतीको समते अनुगन गरेको थियो ।
स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्डेयले कुष्ठरोग र हात्तीपाईलका रोगीहरु अझै पनि लुकेर बसेकोले त्यसको खोजपडालकालागि सबैले साथ दिनु पर्ने बताए । हात्तीपाईले र कुष्ठरोगका निःशुल्क औषधी पाईने भएकाले त्यसको सेवनकालाग सबैले प्रोत्सहीत गर्नु पर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख खनालले आधारभुत परियोजनाबाट कुष्ठरोगको खोजपडताल, उपचारकालागि मोतिपुर र चमरबुझियामा गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए । उनले कृष्ठरोग निवाराणकालागि सबैले साथ दिनु पर्ने बताए । अनुगमन समितमा जिल्ला समवन्व अधिकारी भुमिराम पोख्रेल, पत्रकार महासंघघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैससर महासंघका जिल्ला अध्यक्ष प्रबीण श्रीवस्तव, फेरमेड फाउन्डेशका बिपिन शाक्य, कालिकाका उपाध्यक्ष रामेन्द्र सिंह रावल, निशान कुवर, अर्जुन थापा लगायतको सहभागीता थियो ।