Connect with us
Kapilvast Forest

शिवराज १० मा दुई महिना सिलाईकटाई तालिम सुरु

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न १०मा २ महिने सिलाईकटाई तालिम सुरु भएको छ। दलित मानव अधिकार निगरानी समितिको आयोजना तथा शिवराज नगरपालिका वडा नं १० कार्यालय को आर्थिक सहयोगमा महिलाहरुका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।

कार्यक्रमकको प्रमुख अतिथी एवम् शिवराज नगरपालिका वडा नं १० कि वडा अध्यक्ष मन्जु मिश्रले उक्त तालिमको उद्घाटन गर्दै महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु वडाले व्यवस्था गरेको बताउनुभयो ।

दुई महिने सिलाई कटाई तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियारले सिपले मानिस लाई आत्मानिर्भर बनाउँन सहयोग गर्ने भएकाले वडा सगँ सहकार्य गरेर उक्त कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

उहाँले सिपले तालिममा मात्रै सिमित नराखेर आयआर्जन गर्ने बाटो देखाउन सहयोग गर्ने बताउनु भयो । तालिममा २० जना प्रशिक्षार्थी सहभागि रहेको अध्यक्ष परियारले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu