Connect with us
Kapilvast Forest

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् । बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।

बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा कांग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ । ‘गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने कांग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,’ स्रोतले राजधानीसँग भन्यो ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमालेसँगको संवाद सकारात्मक रहेको जानकारी दिए । ‘एमालेसँग कांग्रेसको प्रस्ताव राष्ट्रिय महत्वको विषयमा सँगै जाऔं भन्ने हो, संविधान बनाउँदादेखि पटकपटकसँगै उभिएका छौं, यो कुनै सहयोगको विषयभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धको विषय भएकाले एउटै धारणा बनाऔं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू पोजेटिभ हुनुहुन्छ, अब कसरी अगाडि बढ्ने भन्नेमा केही कुरा अड्किएको छ, त्यसमा पनि सहमति बन्ने अवस्था छ,’ कांग्रेस महामन्त्री थापाले राजधानीसँग भने ।

बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकरात्मक दिशामा अघि बढेको जानकारी दिए । ‘एमाले र कांग्रेसबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ, हाम्रा मागका विषयमा कांग्रेस सहमतिनजिक छ, हामी पनि माग पूरा भए एमसीसी पारित गर्न र संसद् सुचारु गर्न तयार छौं,’ बैठकपछि ने म्बाङले भने ।नेम्वाङले शुक्रबार बिहान पुनः दुई दलका शीर्ष नेताहरूबीच छलफल हुने जानकारी दिए । स्रोतका अनुसार १० फागुनमासमेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै गठबन्धनभित्र असहमति कायम भए विकल्पमा गएर एमसीसी पास गर्ने र एमालेले उठाएका मागमा कांग्रेसले साथ दिने विषयमा प्रधानमन्त्री दे उवा र एमाले ओलीबीच भद्र सहमति बनेको थियो ।

राजधानी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu