उनिहरुले डिभाइडरले दुर्घटना निम्त्याएको भन्दै आज शिवराज नगर प्रमुखको ध्यानाकर्षण गराएका छ्न । गए राती स्थानीय युवा दुर्घटनामा परे पछि आक्रोशित युवाहरुले सडकमा राखिएको डिभाइडर ढलाएर बिरोध जनाएका थिए ।
आज स्थानीय युवा नेता सरोज पौडेल , गणेश जिसि र कमल गिरिले नगर प्रमुख नेत्रराज अधिकारिलाइ भेटी ध्यानाकर्षण गराएका हुन ।
सडकमा दुर्घटना बढेको छ हामिले ब्यवस्थापन गर्नका लागि ध्यानाकर्षण पत्र दिएका छौ युवा नेता सरोज पौडेलले बताए ।
सडक डिभिजनले ब्यवस्थापन प्रती खासै चासो नराखेको र आफुले पटक पट्क जानकारी गराएको नगर प्रमुख नेत्रराज अधिकारिले बताउनु भयो । मैले सडक सफाइ र डिभाइडर लगायतका बिषयमा जानकारी गराएको छु फेरि पनि कुरा राखैला नगर प्रमुख अधिकारीले भन्नू भयो ।

