एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे
काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनु भएको छ ।
शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताउनु भएको हो ।
एमसीसी सम्झौंतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उहाँले बताउनु भएके छ । अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताउनु भएको छ ।
नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उहाँले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमती राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गर्नु भयो ।