Connect with us
Kapilvast Forest

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा वृद्ध पक्राउ

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

pakrau fiture

विराटनगर-मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।

बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने,‘ घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार बालिका स्कुल आउ-जाउ गर्दा गिरीको घरको बाटो जानुपर्छ । बुधबार साझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu