Connect with us
Kapilvast Forest

वडाध्यक्षको मृत्युपछि राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

सुर्खेत-मोटरसाइकल दुर्घटनामा सुर्खेतको भेरीगङ्गा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि आक्रोशित स्थनीयबासीले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो।दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरूले बिहानैदेखि रत्न राजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्। सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो।रत्न राजमार्ग अन्तर्गत भेरीगङ्गा नगरपालिका-१२ छिन्चु बजारनजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu