Connect with us
Kapilvast Forest

एमालेको हुम्ला जिल्ला अध्यक्षमा कुलबहादुर हमाल सर्वसम्मत

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

 

 

सुर्खेत- नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कुलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिए ।

 

उनका अनुसार जिल्ला अध्यक्षका लागि तीन जना आकांक्षी भएपनि अन्तत एमाले प्रदेश कमिटी सदस्य समेत रहेका हमाल अध्यक्षमा चुनिएका हुन् ।

पार्टी केन्द्रको निर्देशन र जिल्लाका सबै प्रतिनिधिको आग्रह अनुसार तीन दिन लगाएर सहमतिका आधारमा नेतृत्व छनोट गरेको निवर्तमान अध्यक्ष रावलले बताए । ‘जिल्लाका नेता तथा कार्यकर्ताको आग्रह अनुसार नै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौ’ उनले भने ।

 

अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । विधानतः ९० सदस्यीय जिल्ला कमिटी घोषणा गर्नुपर्नेमा अन्य पार्टीबाट समायोजन भएकाहरुलाई पनि समेट्दा १२१ सदस्यीय भएको नेताहरुको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu