Connect with us
Kapilvast Forest

एम्बाप्पे चम्किँदा पिएसजीको सहज जित

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

एजेन्सी -फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी)ले सेइन्ट एटिएन्नविरुद्व एक गोलले पछि परेको अवस्था उल्टाउँदै ३-१ को जित निकालेको छ। पिएसजीको जितमा फ्रेन्च स्टार केलियन एम्बाप्पे चम्किएका थिए।

एटिएन्नेले पिएसजीविरुद्व सुरुवाती अग्रता लिएको थियो। १६ औं मिनेटमा डेनिस बौगएनगाको गोलमार्फत अग्रता लिए पनि पहिलो हाफको अन्तिम समयमा पिएसजीले खेल बराबरीमा ल्याएको थियो।

खेलमा फर्किने क्रममा ४२ औं मिनेटमा लियोनेल मेसीले दिएको आकर्षक पासलाई एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पहिलो हाफमा खेललाई १-१ गोलको बराबरीमा ल्याएको पिएसजीले दोस्रो हाफको सुरुवातमै अग्रता बनायो। मेसीकै पासलमा एम्बाप्पेले टिमलाई २-१ को अवस्थामा पुर्‍याए। टिमको अग्रता ३-१ मा पुर्‍याउने क्रममा डानिलोले ५२ औं मिनेटमा एम्बाप्पेको पासलाई सदुपयोग गरेका थिए।

खेलमा २ गोल गरेसँगै २३ वर्षीय एम्बाप्पेले ज्लाजटन इब्राहिमोभिकले पिएसजीमा गरेको १५६ गोल समान गोल पूरा गर्दै दोस्रो सर्वाधिक गोलकर्ताका रुपमा रहे।

जितपछि पिएसजीको २६ खेलबाट ५२ अंक भएको छ। त्यस्तै‚ दोस्रो स्थानको नाइसको २६ खेलबाट ४६ अंक हुँदा मार्सेलीको २५ खेलबाट ४६ अंक नै रहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu