Connect with us
Kapilvast Forest

भीम रावलले एमसीसीको विपक्षमा मतदान गर्ने

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने बताउनु भएको छ । एमालेले भने यसअघि झैं सदन अवरोधलाई जारी राख्ने भएको छ ।

 

रावलले आफ्नो यसअघिको धारणामा आफू अडिग रहेको बताउँदै विपक्षमा मतदान गर्ने बताउनु भयो । ‘म मेरो यसअघिको अडानमा अडिग छु,’रावलले भन्नु भयो ‘पार्टीले के गर्छ मलाई थाहा भएन, म एमसीसको विपक्षमा मतदान गर्छु ।’

एमसीसी ‘व्याख्यात्मक टिप्पणी’बाट सच्चिन्छ भन्नु जनतालाई ठग्नु भएको रावलको प्रतिक्रिया छ । ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ‘व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो,’ ट्वीटरमा उनले खलेका छन्, ‘यो महाकाली सन्धिको ‘संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।’रावल संशोधन नगरि एमसीसी स्वीकार गर्न नहुने पक्षमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu